वीरगञ्जकाे गणेश अपार्टमेन्टबाट २३ किलो सुन बरामद

पर्सा प्रहरीले वीरगञ्जको एउटा अपार्टमेन्टमा २३ किलो सुन बरामद गरेको छ।

वीरगञ्ज महानगरपालिका ५ स्थित गणेश अपार्टमेन्टबाट उक्त सुन बरामद गरिएको प्रहरी उपरीक्षक गंगा पन्तले बिएल नेपाली सेवालाई जानकारी दिइन्।

उनका अनुसार विशेष सूचनामा आधारमा प्रहरीले अपार्टमेन्टमा छापा मारेकाे थियाे।

‘बरामद सुनमध्ये २२ किलो विस्कुट आकारको र एक किलो गरगहना छ। तर कसको हो खुलिसकेको छैन। सुनसँग कोही व्यक्ति पक्राउ परेका पनि छैनन्,’ उनले भनिन्।

सो अपार्टमेन्टको तेस्रो तलाको ३०३ नं फ्ल्याटमा भारतीय नागरिक आशोक सिन्हा भाडामा बस्दै आएका थिए। सिन्हा पनि फरार रहेको उनले बताइन्।

सुनबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

को हुन् सिन्हा?

सिन्हाको नाममा विगत दुई वर्ष देखि नेपाल–भारतमा चर्चित छ। उनको कान्छो भाई प्रमोद सिन्हा अहिले विहार विधान सभाको निर्वाचनमा रक्सौल विधान सभा क्षेत्रबाट भारतिय जनता पार्टीको प्रत्यासी उम्मेदवार हुन्।

अशोक लामो समयदेखि रक्सौलस्थित भारतीय भन्सार कार्यालयको नजिक भई सीमामा सुन तस्करीको सञ्जाल चलाउदै आएको प्रहरी स्रोतले जनाएको छ।

‘रक्सौल भन्सारबाट दैनिक ४ सयदेखि ५ सयसम्म मालवाहक गाडी जाँच पासनै नगराइ नेपाल भित्र्याउने नाइके हुन्,’ एक प्रहरी अधिकृतले भने,‘ उनले यसरी गाडी पास गराउँदा हप्ता समेत लिने गरेको खुलेको छ।’

अशोक पछिल्ला दुई वर्षदेखि सुन तस्करीमा समेत संल्गन रहेको बुझिएको छ। 

‘उनी ठूलै नाइके हुन। छापा मर्दा सुनसँगै केही कागजी बिलसमेत बरामद भएको छ। त्यसको आधारमा कति कहाँ पुग्यो र कति भत्र्याइयो अनुसन्धान गर्दैछौं,’ ती प्रहरीले भने।

प्रकाशित मिति: : 2020-10-17 16:26:00

प्रतिकृया दिनुहोस्