देवता बनाउने मान्छेको कथा : नवदुर्गाको ख्वापा बनाउने अन्तिम चित्रकारलाई थाहा छैन - उनले नसक्दा के हुन्छ?

पहिलोपोष्ट

काठमाडाैं

भक्तपुरको याछेंमा पूर्ण चित्रकार र उनका छोरा राजेश माटोबाट बनाइएको आकृतिलाई रङ्ग्याउन व्यस्त छन्। माटोबाट १३ देवीदेवताको ख्वापा (मुकुण्डो) तयार गर्नु पूर्णको पुर्खौंली पेशा। दशैंको नवमीसम्ममा यी १३ देवीदेवताको ख्वापा तयार हुनुपर्छ। त्यसैले बाबुछोरा मिलेर रङरोगनमा तल्लिन छन्।

पूर्णको घरमा हरेक वर्ष नवदुर्गा नाचका लागि १३ वटा ख्वापा बन्ने गर्छ।

ख्वापाका लागि काम सुरु चाहिँ गथांमुगकै दिनबाट हुन्छ। ख्वापालाई देवीदेवताको आकार दिनु सजिलो छैन। जस्तो पायो त्यस्तो माटोबाट बनाउन पनि सकिन्न।

भक्तपुरको सुडालबाट कालीमाटी ल्याएर १३ भाग लगाइन्छ। माटोलाई पूजा गरेपछि ख्वापा बनाउने कामको सुरुवात हुन्छ। माटोलाई केही दिन पानी हालिन्छ र सुकाइन्छ। पानी, कपास, नेपाली कागज लगायतका सामाग्री हालेर फेरि माटो मुछिन्छ। त्यसपछि माटोलाई बेलेर आकृति दिने काम हुन्छ। केही दिन ख्वापालाई सुकाएर त्यसमाथि नेपाली कागज टासिन्छ र ख्वापामा विधिले तय गरेको रंग भर्ने काम हुन्छ।

प्रकाशित मिति: : 2020-10-15 17:27:00

प्रतिकृया दिनुहोस्