जोकोभिच हराउँदै नाडालले उचाले कीर्तिमानी १३औं पटक फ्रेन्च ओपनकाे उपाधि

योसँगै ३३ वर्षका नाडालकाे समग्रमा २० ग्राण्ड सलाम उपाधि हो। उनले फेडेररले बनाएको कीर्तिमानमा पनि बराबरी गरेका छन्।

दोस्रो वरियताका राफयल नाडाल कीर्तिमानी १३औं पटक फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन्।

पेरिसमा आइतबार राति भएको फाइनलमा शीर्ष वरियताका सर्वियन नोभाक जोकोभिचमाथि ३–० को सहज जित हात पार्दै स्पेनिस खेलाडी नाडालले १३औं उपाधि उचाल्न सफल भएका हुन्।

क्ले कोर्टका जोकोभिचलाई पराजित गर्न नाडालले २ घन्टा ४१ मिनेट समय खर्चिए। 

नाडालले जोकोभिचमाथि पहिलो र दोस्रो सेटमा ६–० र ६–२ को सहज जित हात पारे। प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट नाडालले ७–५ ले आफ्नो पक्षमा पार्न सफल भए। 

योसँगै ३३ वर्षका नाडालकाे समग्रमा २० ग्राण्ड सलाम उपाधि हो। उनले फेडेररले बनाएको कीर्तिमानमा पनि बराबरी गरेका छन्।

यसअघि फाइनमा नाडालसँग पराजित जोकोभिचले १७ ग्रान्डस्लाम उपाधि जितेका छन्। अन्य तीन खेलमा भने जोकोभिचले नाडालसँग खेल्न परेन।

२००५ मा पहिलोपटक फ्रेन्च ओपन च्याम्पियन बनेयता नाडालले १६ वर्षको अवधिमा तीनपटक मात्रै फ्रेन्च ओपन जित्न सकेका छैनन्। नाडालले २००९, २०१५ र २०१६ मा फ्रेन्च ओपन जित्न सकेनन्। त्यसपछिको सबै संस्करणमा नाडाल च्याम्पियन बन्न सफल भएका छन्।

यस्तै नाडाल फ्रेन्च ओपनको १ सय एकल खेल जित्ने पहिलो खेलाडी बनेका छन्।

दुवै खेलाडी खेल जीवनमा कीर्तिमानी ५६औं पटक भिड्दा नाडाले बाजी मारेका हुन्।

प्रकाशित मिति: : 2020-10-12 06:00:00

प्रतिकृया दिनुहोस्