यशोधराको हिम्मतले 'फेमस' भएको पान पसल (भिडिओ)

सेतोपाटी

काठमाडाैं

ललितपुर, पुल्चोकमा छ बंगलामुखी पान पसल। यसलाई धेरैले 'फेमस पान पसल' भनि भन्छन्। यो पसलका सञ्चालक हुन् यशोधरा र टेकबहादुर अधिकारी।

पसलको पानले नेपाली मात्र नभई विदेशी समेतलाई लोभ्याउँछ। पान पारखीहरू यो पसल खोज्दै टाढादेखि आउँछन्।

उमेरले सात दशक पार गरिसकेका अधिकारी दम्पती आफूहरू संयोगले पान व्यवसायी बनेको बताउँछन्।

टेकबहादुरको घर लमजुङ हो। गाउँबाट उपत्यका आउँदासम्म उनले पान खाएका मात्रै थिए। बनाउने कुनै अनुभव थिएन। 

'कुरा यस्तो छ,' अनुभव सुनाउँदै उनले भने, 'मान्छेले कुनै पनि सीप जन्मजात लिएर आएको हुँदैन। सिक्दै जाने हो। मैले पनि पसल थापेपछि मात्रै जानेको हुँ।'

पानको महत्व के? टेकबहादुर यसलाई आफ्नै हिसाबमा बुझाउँछन्।

'पानको पातले प्रेम पनि दर्शाउँछ। तर यसको पूजाआजामा पनि उत्तिकै प्रयोग हुन्छ,' उनले भने।

उनका अनुसार नेपाली समाजमा पानको विशेष महत्व छ। देवकार्य तथा पितृ कार्यमा पनि पान अपरिहार्य मानिन्छ। त्यति मात्र नभई रूघाखोकी लाग्दा, सुत्केरी हुँदा पनि पान खाए छिटो ज्यान तग्रिने विश्वास छ। धनाढ्यहरूले भोज-भतेर गर्दा प्रतिष्ठाका रूपमा पनि पान उपयोग गर्ने चलन रहेको उनले बताए।

प्रकाशित मिति: : 2020-10-11 09:39:00

प्रतिकृया दिनुहोस्