फ्रेन्च ओपन: ८ वर्षपछि सेमिफाइनल पुगेकी पेट्रा आउट, उपाधिका लागि केनिन र स्विटेक भिड्ने

 ८ वर्षपछि पहिलोपटक सेमिफाइनलमा प्रवेश गरेकी चेक गणतन्त्रकी पेट्रा केभिटोभा फ्रेन्च ओपन टेनिसबाट बाहिरिएकी छिन्।

फाइन प्रवेशकाे लागि भएकाे खेलमा अमेरिकी खेलाडी सोफिया केनिनसँग पराजित हुँदै उनी प्रतियाेगिताबाट बाहिरिएकी हुन्।

पेरिसमा बिहीबार राति भएको दोस्रो सेमिफाइनलमा पेट्रा ६-४ र ७-५ को सेटमा पराजित भइन्।

चौंथो वरियताकी केनिनले अब उपाधिका लागि पोल्याण्डकी इगा स्विटेकसँग खेल्ने छिन्।

Image

१९ वर्षीय स्विटेकको यो पहिलो ग्राण्डस्लाम फाइनल हो।

स्विटेकले सेमिफाइनलमा नाडिया पोडोरोस्कालाई ६-२ र ६-१ ले हराएकी थिइन्।

५४ औं वरीयताकी स्विटेक सन् १९७५ पछि महिलातर्फ फाइनल पुग्ने तल्लो वरीयताकी पहिलो खेलाडी हुन्।

प्रकाशित मिति: : 2020-10-09 06:27:09

प्रतिकृया दिनुहोस्