‘संक्रमितलाई आइसियूमा भर्ना गर्न रोइकराइ, बेड नै खाली छैन’

सेतोपाटी

काठमाडाै‌

काठमाडौं उपत्यकामा दैनिक कोरोना संक्रमणको दर बढिरहेको बेला अस्पतालहरूमा संक्रमितको उपचारका लागि आइसियू र भेन्टिलेटर अभाव हुन थालेको छ। 

संक्रमितहरूको उपचार गरिरहेका अधिकांश अस्पतालहरूको आइसियू र भेन्टिलेटर बिरामीले भरिएका छन्। सबैजसो अस्पतालहरूले नयाँ बिरामीलाई आइसियूमा राख्ने ठाउँ नभएको बताएका छन्। 

महाराजगंजस्थित टिचिङ अस्पतालमा रहेको १६ बेडको आइसियू बेड भरिएको छ। अस्पतालमा अहिले १६ जना संक्रमितहरूको आइसियूमा उपचार भइरहेको छ। जसमा ४ जना भेन्टिलेटरमा छन्। 

अस्पतालका कोभिड सदस्य डा. सविन थपलिया भन्छन्, 'अब आइसियू बेड खाली छैन। हिजो एक जनाको मृत्यु भएकाले त्यहीँ एउटा खाली छ।' अस्पतालले कोरोना संक्रमितको उपचारका लागि भनेर १० वटा आइसियूसहित पाँच वटा भेन्टिलेटर बेड छुट्याएको थियो।  संक्रमित संख्या बढ्दै गएपछि अस्पतालले शंकास्पद बिरामीलाई राख्न छुट्याएको ६ वटा आइसियूमा पनि अहिले पोजेटिभ संक्रमितलाई नै राखिरहेको छ।

प्रकाशित मिति: : 2020-10-08 17:28:14

प्रतिकृया दिनुहोस्