कतार एयरवेजले शिक्षकलाई २१,००० निःशुल्क टिकट प्रदान गर्ने

कोभिड–१९ महामारीको चुनौतीपूर्ण समयमा पनि युवा एवं बालबालिकाहरूलाई शिक्षा सुविधा प्रदान गर्न निरन्तर लागि रहेका शिक्षकहरूको सम्मान स्वरुप विश्व शिक्षक दिवसको उपलक्ष्यमा कतार एयरवेजले २१ हजार रुपैयाँ निःशुल्क टिकट वितरण गर्ने जानकारी दिएको छ ।

टिकट सोमबार दोहाको समयअनुसार बिहान ४ बजेदेखि सुरु भई बिहीबार बिहान ०३ः५९ बजेसम्म वितरण वितरण गरिनेछ । शिक्षकहरूले यस सीमित योजनामा सहभागी हुन् कतार एयरवेज डटकम/ थ्यांकु टिचरस्मा गई एक आवेदन फारम भरेर एक युनिक कोड लिुनपर्नेछ र टिकट फस्र्ट कम फस्र्ट सर्भका आधारमा वितरण गरिनेछ ।

प्रकाशित मिति: : 2020-10-08 11:16:42

प्रतिकृया दिनुहोस्