पेट्रा क्वितोभा ८ वर्षपछि पहिलोपटक फ्रेन्च ओपनको सेमिफाइनलमा

पेट्रा क्वितोभा ८ वर्षपछि पहिलोपटक फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छन्। 

जर्मनीकी लौरा सिएगमुण्डलाई पराजित गर्दै चेक गणतन्त्रकी पेट्रा सन् २०१२ पछि  पहिलाेपटक अन्तिम चारमा पुगेकी हुन्।

पेट्राले लौरालाई ६–३ र ६–३ को सेटमा पराजित गरेकी हुन्।

उनले फाइनल प्रवेशका लागि अमेरिकी सोफिया केनिनसँग प्रतिस्पर्धा गर्ने छिन्। 

अस्ट्रेलियन ओपन च्याम्पियन केनिनले डानिएल कोलिन्सलाई ६–४, ४–६ र ६–० को सेटमा पराजित गरेर सेमिफाइनलमा स्थान बनाएकी हुन्।

प्रकाशित मिति: : 2020-10-08 08:11:48

प्रतिकृया दिनुहोस्