वीरगञ्जमा ९६ काे स्वाब परीक्षण, ४ जनामा काेराना संक्रमण पुष्टि

वीरगञ्जस्थित नारायणी अस्पतालमा गरिएको पछिल्लो पिसिआर परीक्षणको क्रममा पर्सा, चितवन र सप्तरीका जम्मा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

तथ्याकं अनुसार अहिले वीरगञ्जमा कोरोना परिक्षणको दायरा घट्दै गएको छ। पछिल्लो पटक नारायणी अस्पतालमा पर्सा, बारालगायत स्थानहरुबाट ल्याइएको जम्मा ९६ जनाको कोरोना परीक्षण भएको छ। 

अस्पतालमा गएराति ९६ जनाको परीक्षण गर्दा पर्साका दुई, चितवन र सप्तरीका एकरएक जना गरी ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

संक्रमण पुष्टि भएकामध्ये पर्साका जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ का एक जना र पोखरिया नगरपालिका वडा नम्बर १ का एक जना नारायणी असपतालका प्रवक्त डा अतुलेश कुमार चौरसियाले बताए। 

त्यसैगरी चितवनको माडी नगरपालिकाको १ र सप्तरीको कंचनपुर नगरपालिका १ का पनि एकरएक जनामा संक्रमण देखिएको हो। थपिएका संक्रमितहरु २४ वर्षदेखि ४२ वर्ष उमेर समुहका रहेका छन्। उनीहरुको सिटि भ्यालु २१ देखि ३१ सम्म रहेको छ।
 

प्रकाशित मिति: : 2020-10-07 10:26:00

प्रतिकृया दिनुहोस्