नेपाल प्रहरीका दुई रूप !

गलत मुचुल्काका कारण पीडकहरूले उन्मुक्ति पाए भने यसको कलंक नेपाल प्रहरीमाथि लाग्नेछ

सम्पादकीय

काठमाडौं

व्यक्तिको र त्यसमा पनि नेतृत्वको व्यवहारले संगठनको छवि बिग्रने वा सप्रने गर्छ । यसैले व्यक्तिको दुर्गुणका लागि सिंगो संस्थालाई दोष दिनु सायद उचित हुँदैन । यद्यपि, व्यक्तिको आचरण पनि संगठनको तालिम र दीक्षामा धेरै हदसम्म निर्भर हुन्छ । नेपाल प्रहरीका प्रसंगमा सायद यो उदाहरण सटीक होला । प्रदेश नम्बर २ मा बलात्कारका घटना गाउँमै सामसुम पार्ने ‘पञ्च’हरूलाई प्रहरीले पक्रेको समाचार सार्वजनिक भएको छ । केही साता पहिले बलात्कारको अपराधमा पनि गाउँलले मिलापत्र गर्न दबाब दिएपछि सप्तरी डाक्नेश्वरी — ७ की पीडित किशोरीले आत्महत्या गरेकी थिइन् । किशोरीको आत्महत्याको समाचार सार्वजनिक भएपछि प्रहरीले घटनामा संलग्नहरूलाई पक्रेको थियो । यसैगरी सिरहाको विष्णुपुर — १ मा पनि बलात्कारको अपराध गाउँमै मिल्न दबाब दिनेहरूलाई प्रहरीले पक्राउ गरेको छ । विगतमा यस्ता कतिपय घटनामा स्थानीय प्रहरीसमेतको संलग्नता रहने गरेको सन्दर्भमा अहिलेको नेपाल प्रहरीले सराहनीय सक्रियता देखाएको छ । 

प्रकाशित मिति: : 2020-10-06 16:43:13

प्रतिकृया दिनुहोस्