तिनकुनेमा बिएमडब्लुको सोरूम

विश्वको चर्चित ब्रान्ड बिएमडब्लुको सोरूम काठमाडौंको तिनकुनेमा खुल्दैछ। लक्ष्मी प्रिमियम मोटर्सले सोरूम सञ्चालनको तयारी गरेको हो। थ्रिएस अर्थात सेल्स, सर्भिस स्पेयर पार्टस तिनुकुनेमै उपलब्ध हुने कम्पनीले जनाएको छ।

बिएमडब्लुको सोरूम लक्ष्मी ग्रुपले सञ्चालनमा ल्याउन लागेको हो। यो ग्रुपको लक्ष्मी इन्टरकन्टिल हुन्डाइको आधिकारिक बिक्रेता हो। लक्ष्मी प्रिमियम मोटर्स यही ग्रुपको अर्काे कम्पनी हो।

सोरूम एक महिनाभित्र सञ्चालनको तयारी रहेको ग्रुपका एक अधिकारीले बताए।

प्रकाशित मिति: : 2020-10-05 17:50:56

प्रतिकृया दिनुहोस्