राजस्थानविरुद्ध काेहली र पाडिक्कलकाे अर्धशतक, बैंग्लोर शीर्षस्थानमा

कप्तान विराट काेहली र देवदत्त पाडिक्कलकाे शानदार अर्धशतकसँगै रोयल च्यालेन्जर्स बैंग्लोर इण्डियन प्रिमियर लिग (आईपीएल)काे शीर्षस्थानमा उक्लिएकाे छ। 

शनिबार दिउँसाे भएकाे खेलमा राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गर्दै बैंग्लोर शीर्षस्थानमा उक्लिएकाे हाे। 

राजस्थान दिएकाे १५५ रनको लक्ष्य बैंग्लोरले १९. १ ओभरमा २ विकट गुमाउँदै १५८ रन बनायाे।

 बैंग्लोरका कप्तान काेहलीले शर्वाधिक ७२ रन बनाए। उनले ५३ बलमा ७ चाैका र २छक्का प्रहार गरे। उनी अविजित रहे।

यता पाडिक्कलले ६३ रन बनाए। उनले ४५ बलमा ६ चाैका र १ छक्का प्रहार गरेका थिए। यता कप्तान काेहलीले पनि रन बनाए। उनले बलमा चाैका र छक्का प्रहार गरे।

यता एबी डी भिलियर्स  १२ रनमा अविजित रहे भने आरोन फिन्च ८ रनमा आउट भए।

राजस्थानका लागि जोफ्रा आर्चर र स्राेयास गाेपालले एक/एक विकेट लिए। 

यसअघि अबुधाविकाे शेख जायद स्टेडियम टस जितेर पहिले ब्याटिङ राेजेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५४ रन बनायाे।

महिपाल लोम्रोरले ४७ रन बनाए। उनले ३९ बलमा १ चाैका र ३ छक्का प्रहार गरेका थिए। यता राहुल टेवटियाले २४, जोस बट्लर २२, रोविन उथप्पा १७, रियान परागले १६ र जोफ्रा आर्चरले १६ रन जोडे।

बलिङतर्फ बैंग्लोरका युवेन्द्र चाहलले तीन, इसुरु उडानाले २ र नवदीप सैनीले एक विकेट लिए।
 

प्रकाशित मिति: : 2020-10-03 19:30:30

प्रतिकृया दिनुहोस्