युवराज खतिवडा राजदूत सिफारिश भएपछि शेयर बजारमा हरियाली

पूर्व अर्थमन्त्री एवम् प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डा. युवराज खतिवडा अमेरिकाको राजदूत सिफारिश भएलगत्तै बिहीबारको सेयर बजारमा रौनक फर्किएको छ । नेप्से सूचक बिहीबार २०.६१ अंकले बढेर १५७१.०४ विन्दुमा पुगेको छ । 

 १९३ कम्पनीको २ अर्ब ८० करोड ७७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ९९ लाख ३० हजार ८३० कित्ता सेयर खरिदबिक्री भएका छन् । यस दिन हाइड्रोपावर र म्युचुअल फन्डबाहेक बाँकी सबै समूहका सूचक बढेका छन् । विशेष गरी बिमा र बैंकिङ समूहमा तेजी आएको छ । सबैभन्दा धेरै निर्जीवन बिमा समूह ३३२.४१ अंकले बढेको छ । वाणिज्य बैंक समूह पनि १८.८६ अंकले माथि लागेको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको भाउ सबैभन्दा बढी १०% ले बढेको छ ।

. युवराज खतिवडा अमेरिका जाने भएपछि छायाँ अर्थमन्त्री हुने सम्भावना स्वतः समाप्त भएको छ । बजारमा सामान्य करेक्सन आइसकेकाले फेरि नयाँ उचाईमा अघि बढ्न सुरु गरेको विश्लेषकहरुको भनाई छ । बजार क्रमशः बुलिस प्रवृत्ति समात्दैछ । बैंकिङ प्रणालीको अधिक तरलताले सेयर बजारलाई सीधा साथ दिएको छ । अहिले वाणिज्य बैंकहरुले बचत खाताको ब्याजदर २% हाराहारीमा झारिसकेका छन् ।

यो सेयर बजारको सिजन पनि हो । यतिबेला सेयर खरिद गर्दा छोटो समयमै लाभांशको हकदार हुन सकिन्छ । अब सूचीकृत कम्पनीहरुले धमाधम लाभांश प्रस्ताव गरी साधारण सभा बोलाउन थाल्छन् ।

यसकारण पनि लगानीकर्ता सेयर बजारमा आकर्षित भएका हुन् । सेयर बजारका लगानीकर्ताले आफ्ना कम्पनीहरुमा सुक्ष्म निगरानी राख्न आवश्यक छ । वित्तीय सूचकहरुको मिहीन अध्ययन गर्नुपर्छ । बजार सधैं एउटै रेखामा हिँड्दैन भन्ने पक्षलाई पनि बिर्सिनु हुँदैन ।
 

प्रकाशित मिति: : 2020-10-01 16:25:25

प्रतिकृया दिनुहोस्