महोत्तरीमा बलात्कार आरोपमा वडासचिव पक्राउ

दलित महिलालाई बलात्कार गरेको आरोपमा महोत्तरीका एक वडासचिवलाई पक्राउ परेका छन्।।

भंगहा नगरपालिका ९ का सचिव मिथिलेश यादवलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो। 

सोही वडाकी एकजना दलित महिलाले जबरजस्ती करणी गरेको मौखिक उजुरी दिएपछि उनलाई पक्राउ गरिएको  जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख, एसपी टिकाबहादुर केसीले जानकारी दिए।

महिलाले बजारबाट घरतर्फ जाँदै गर्दा मदिरा सेवन गरेका यादवले जबरजस्ती करणी गरेको बयान प्रहरीसमक्ष दिएकी छन्।

महिलाको मेडिकल जाँच गराउने काम भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2020-10-01 13:22:33

प्रतिकृया दिनुहोस्