नेकपा नेताका टाउकाबाटै निस्किन सक्छ प्रतिगमन

थाहा खबर

काठमाडौँ

प्रा.डा. बद्रीविशाल पोखरेल
संसदीय चुनावमा जनताबाट पराजित सामान्य नैतिकताको समेत ख्याल नगरी  नेकपाका उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सामान्य नैतिकतालाई समेत बेवास्ता गरेर राष्ट्रियसभामा लान उपल्लो तहका नेता नै लागे। त्यसरी राष्ट्रियसभा प्रवेश गराएर मन्त्री समेत बनाउन चलखेल गरेको देख्ने बुझ्नेले प्रतिगमन  नेकपा नेताका टाउकाबाट नै निस्कन सक्छ भन्ने सहज अनुमान लगाउन थालेका छन। उपलब्धी र प्राप्ति जति उपल्ला तहका केही नेताका लागि मात्र हो भने परिवर्तनको के अर्थ भयो ?

अझ केही समय अघि राष्ट्रियसभामा मनोनित नेतालाई संविधान संशोधन गरेर भए पनि प्रधानमन्त्री बनाउनुपर्छ भन्ने सम्मका सामान्य लोकलाजहीन कुरा बाहिर आएकै हुन्। यसरी हेर्दा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै वरिपरि प्रतिगमन फनफनी घुमिरहेको देखिन्छ। 
 

प्रकाशित मिति: : 2020-09-30 13:02:31

प्रतिकृया दिनुहोस्