सर्लाहीका काेराेना संक्रमित वृद्धकाे वीरगञ्जमा मृत्यु

वीरगञ्जमा उपचारको क्रममा सर्लाहीका एक काेराेना संक्रमितको मृत्यु भएको छ। 

मृत्यु हुनेमा सर्लाही बरहथवा ६ का ७० वर्षीय वृद्ध रहेको पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तमाङ्गले बिएल नेपाली सेवालाई जानकारी दिए।

सर्लाहीबाट सोमबार स्वासप्रश्वास समस्या र उच्च ज्वरोका कारण थप उपचारका लागि उनलाई नारायणी अस्पताल, वीरगञ्ज ल्याइएकाे थियाे।  

बृद्धको जिनस्पोर्ट प्रविधिबाट कोरोना संक्रमण परीक्षण गर्दा रिपाेर्ट पाेजिटिभ आएपछि थप उपचारका लागि नेशनल मेडिकल कलेज शिक्षण अस्पताल, वीरगञ्जमा पठाइएकाे थियाे।

उच्चरक्तचाप, मधुमेह, मिगौला र मुटुमा समस्या देखिएका वृद्धको अचानक स्वासप्रश्वासमा समस्या उत्पन्न भए पछि उपचारको क्रममा गएराति नै मृत्यु भएको नेशनल मेडिकल कलेज शिक्षण अस्पतालको अस्थायी कोभिड होटल बाबा इन्टरनेशनलका प्रमुख डा. असरफ हुसैनले बताए।
 

प्रकाशित मिति: : 2020-09-29 17:53:56

प्रतिकृया दिनुहोस्