चुल्हो बाल्नै सकस भएकाहरुलाई के दसैँ, के तिहार ?

रातोपाटी

काठमाडाैं

हिन्दु धर्मावलम्बीहरुको महत्त्वपूर्ण चाड दसैँ आउन लगभग तीन साता बाँकी छ । सामान्य अवस्थामा यतिबेला बजारमा दसैँको चहलपहल बढेको हुन्थ्यो तर कोरोना महामारीका कारण बजारमा दसैँको रौनक देखिएको छैन । दसैँ लक्षित किनमेल सुस्ताएको छ । कोरोना माहामारीका कारण कयौँ श्रमिक एवम् निजी क्षेत्रका कर्मचारीले रोजगारी गुमाएका छन् । नियमित आम्दानी नै सुकेपछि चुल्हो बाल्नै सकस भएकाहरुलाई के दसैँ, के तिहार ? कोरोना रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ मा जारी लकडाउन चार महिना लम्बिँदा कयौं श्रमिक तथा कर्मचारी घरमै थन्किएर बस्नुप¥यो । मध्यम वर्गका परिवारले सामान्य अवस्थामा दसैँका लागि दुई÷चार महिना अघिदेखि नै खर्चको जोहो गर्नुपर्ने हुन्छ । लकडाउन र निषेधाज्ञाले गर्दा दुई छाक टार्नसमेत मुस्किल भइरहेको अवस्थामा त्यस्ता परिवारका लागि दसैँको रौनक निकै टाढाको विषय भएको छ ।

प्रकाशित मिति: : 2020-09-29 09:27:15

प्रतिकृया दिनुहोस्