बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ।
बार्सिलोनाले घरेलु मैदान नोउ क्याम्पमा भएको सिजनको पहिलो खेलमा भिल्लारियललाई पराजित गरेको हो।
बार्सिलोनाले भिल्लारियलमाथि ४–० को शानदार जित निकाल्ने क्रममा आन्सु फातीले दुई तथा लिओनल मेसीले एक गोल गरे। बार्सिलोनाले एक गोल उपहारमा पायो। चारै गोल पहिलो हाफमा भएको हो।
खेलको सुरुवातदेखि नै भिल्लारियललाई दवावमा राखेको बार्सिलोनाले १५औं मिनेटमा अन्सु फातीको गोलबाट अग्रता लिएको थियो।
१९औं मिनेटमा फातीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनायो।
३५ औँ मिनेटमा पाएको पेनाल्टीमा मेसीले गोल गरे। मारियो गास्परले फातीलाई पेनाल्टी बक्समा लडाएपछि प्राप्त पेनाल्टीमा कप्तान लियोनेल मेस्सीले गोल गर्दै बार्सिलोनालाई ३–० ले अघि बढाए।
४५ औँ मिनेटमा भिल्ला रियलका पाउ टोरेसले आत्मघाती गोल गरेका हुन्। मेस्सीको क्रसलाई क्लियर गर्ने क्रममा टोरेसले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए।
जितसँगै बार्सिलोनाले ३ अंक जोडेको छ। भिल्लारियलको ३ खेलबाट ४ अंक रहेको छ।
अन्य नतिजा
ओसासुनाविरुद्ध लेभान्टे (१–३) एइवरविरुद्ध एथलेटिको क्लब (१–२), एट्लेटिको म्याड्रिडविरुद्ध ग्रानडा (६–१), काडिजविरुद्ध सेभिया (१–३), रियल भालाडोलिडविरुद्ध सेल्टा डि भिगो (१–१)