लेबर चोकमा भौतारिएका मनोजसँग देशमा टिक्ने रहेन आधार, फेरि भारत नै फर्किने पुगे निचोडमा

पहिलोपोष्ट

काठमाडौँ
  • राकेश प्रसाद चौधरी -

महोत्तरी जलेश्वरको दुर्गा चोकमा एका विहानै झिसमिसेमा दैनिकजसो सयको हाराहारीमा युवादेखि अधवैशेको लस्कर देखिन्छ। त्यो लस्करमा एउटा हँसिलो मुहारको ठिटो पनि देखिए।

नाम : मनोज पासवान

उमेर : २० वर्ष

घर : जलेश्वर २।

मनोज भर्खरै कोभिड १९ को संक्रमणबाट मुक्त भएका हुन्। विश्वव्यापी रुपमा फैलिएको पेन्डामिकका कारण अंधिकाश मानिसहरु लकडाउन र निषेधाज्ञाको पालना गर्दै घरभित्रै बसिरहेका छन्। तर, मनोज भने लेवर चोकमा भौतारिँदै थिए - कामको खोजीमा। उनी अचेल घर बनाउने ठाउँमा ज्यालादारी काम गर्छन्। उनीजस्तै काम खोजिरहेका मानिसलाई लिन ठेकेदार यही चोकमा आउँछन्। त्यसैबाट चोकले नाम पाएको हो - लेबर चोक।

प्रकाशित मिति: : 2020-09-25 13:09:15

प्रतिकृया दिनुहोस्