वीरगञ्जमा एक कोरोना संक्रमितको मृत्यु

पर्साको वीरगञ्जमा एक कोरोना संक्रमितको मृत्यु भएको छ। 

पर्साको पोखरिया नगरपालिका १ का ७७ वर्षीय पुरुषको उपचारको क्रममा बिहीबार राति साढे ८ बजे मृत्यु भएको हो।

मुटु र मिर्गौलाको समस्याबाट पीडित ती पुरुषलाई असोज ७ गते नारायणी अस्पतालमा भर्ना गरिएको थियो। 

नारायणीमा गरिएको पीसीआर परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएपछि नेशनल मेडिकल कलेज अस्थायी कोरोना अस्पतालमा भर्ना गरिएको थियो। 

उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि बचाउन नसकिएको अस्पतालका कोभिड फोकल पर्सन डा असरफ हुसैनले जानकारी दिए।

उनमा ब्लड प्रेसरकाे समस्या थियाे।
 
योसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्य हुनेको संख्या ४५ पुगेको छ।

प्रकाशित मिति: : 2020-09-25 12:21:42

प्रतिकृया दिनुहोस्