रकुल प्रितको ‘ड्रामा’ समाप्त, आज ड्रग्सको छानविन हुँदै

ड्रक्स कारोबारमा आफ्नो नाम बाहिरिएपछि केही समयदेखि नाटक गरिरहेकी बलिउड अभिनेत्री रकुल प्रित सिंह बिहीबार मुम्बईस्थित नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) को कार्यालय पुगेकी छिन्। 

उनले ड्रक्सको छानबीनबाट बच्न गत साता दिल्लीस्थित सर्वोच्च अदालतमा पनि मुद्धा दायर गरेकी थिइन्।

उनलाई बिहीबार हाजिर हुन एनसीबीले दुई दिनअघि पत्र काटेपनि आफूलाई अहिलेसम्म कुनै पत्र नआएको भन्दै उम्किन खोजेकी थिइन्। 

तर, वकिलहरूको सल्लाहपछि उनी ड्रग्स मुद्धामा सरकारी छानविनलाई सहयोग गर्न बिहीबार एनसीबी कार्यालय पुगेको बताइएको छ। 

तीन सातादेखि एनसीबीको नियन्त्रणमा रहेकी रिया चक्रवर्तीले उनको, सारा अली खान र श्रद्धा कपुरको नाम लिएकी थिइन्। 

बलिउड कलाकारको व्यवस्थापन गर्ने ट्यालेन्ट म्यानेजमेन्ट कम्पनी क्वानकी सह–संस्थापक जया शाहसँगको सोधपुछका क्रममा पनि रकुलको नाम बाहिरिएको थियो। 

अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणमा ड्रग्सको मुद्धा बाहिर आएपछि एनसीबीले बलिउडमा व्याप्त ड्रग्स कारोबारको छानविन गरिरहेको छ।

यसमा दीपिका पादुकोणसहित ६ अभिनेत्री तथा तीन अभिनेताको नाम बाहिरिएको भारतीय मिडियाले जनाएका छन्। 

अभिनेताको नाम हाल सार्वजनिक भएको छैन। तर, अभिनेत्रीमा दीपिका, रकुल, सारा, श्रद्धालगायत नम्रता शिरोडकर र दिया मिर्जाको नाम छ। 
एनसीबीले आज रकुलसँग, भोलि दीपिका र पर्सी श्रद्धा तथा सारा अलीसँग सोधपुछ गर्दैछ।

प्रकाशित मिति: : 2020-09-24 14:55:18

प्रतिकृया दिनुहोस्