व्यापारीबाट बरामद गरिएको १२ हजार किलो प्याज खाद्य कम्पनीले बिक्री गर्ने

बजार अनुगमनका क्रममा बरामद भएको प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट बिक्री गरिने भएको छ। कम्पनीले त्रिपुरेश्वस्थित आफ्नै कार्यालयबाट प्याज बिक्री गर्नेछ। 

कालोबजारी नियन्त्रणका क्रममा १२ हजार किलो प्याज बरामद गरिएको छ। 

कम्पनीकी प्रवक्ता सर्मिला न्यौपाने सुवेदीका अनुसार भोलीदेखि प्याज बिक्री शुरू गरिनेछ। “हामी प्रतिकिलो ६० रूपैयाँमा प्याजको बिक्री गर्छौं,” उनले भनिन्, “कम्पनीले बेच्ने सस्तो मूल्यको प्याज व्यापारीले नलगुन् भनेर एकजनालाई ३ किलोसम्म बेच्ने योजना छ।”

२९ भदौमा प्याज निर्यातमा भारतीय प्रतिबन्धसँगै नेपालमा व्यापारीहरूले कृत्रिम अभाव गराएका थिए। 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, महानगरको उपभोक्ता समिति र प्रहरीको संय्क्त टोलीले बजार अनुगमनको क्रमा ठूलो परिमाणमा प्याज बरामद गरेको थियो। 

प्रकाशित मिति: : 2020-09-24 14:30:10

प्रतिकृया दिनुहोस्