अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणमा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) को नियन्त्रणमा रहेकी प्रेमिका रिया चक्रवर्तीका वकिल सतिस मानसिन्देले ड्रक्स मुद्धामा एनसीबीले नेपालमा गएर ड्रग्सको कारोबारीलाई पक्राउ गर्न सुझाव दिएका छन्।
उनले कारोना महामारीको ध्यान अन्यत्र तान्न सरकारले बलिउड कलाकारलाई दुःख दिएको बताएका छन्। उनले भारतीय मिडियालाई प्रतिक्रिया दिँदै भने, ‘एनसीबीले पाकिस्तान, अफगानिस्तान र नेपाल पुगेर ड्रग्सको कोरोबारी पक्राउ गर्दा हुन्छ।’ उनले एनसीबीको नियन्त्रणमा रहेकी रियाले अहिलेसम्म कसैको नाम सार्वजनिक नगरेको दावी गरे। उनले एनसीबीको कार्यको विरोध गर्दै मिडियामा आएको सबै समाचार झुटो भएको बताए।
ड्रग्स मुद्धामा रियालाई अहिलेसम्म मानसिन्देले छुटाउन सकेका छैनन। उनलाई तीन सातादेखि एनसीबीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। उनीबाट थुप्रै कलाकारको नाम बाहिर आएको दावी सहित मिडियाले समाचार बनाइरहेका छन्।
केही समयअघि भारतीय संसदमा गोरखपुरका सांसद तथा भोजपुरी स्टार रवि किशनले नेपालको बाटो हुँदै ड्रग्स भारतमा भित्रिरहेको बताएका थिए।