यसरी छोपेर राखिए नेपालका रेल (भिडिओसहित)

गत शुक्रबार नेपाल आएका दुई रेल कर्मचारी र कानुनको अभाव थन्किएका छन्। रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईका अनुसार रेललाई अहिले धनुषाको इनरूवास्थित स्टेशनमा छोपेर राखिएको छ।  रेललाई पहेंलो पालले माथिबाट ढपक्कै छोपिएको छ। सुरूमा रेललाई भारतको जयनगरस्थित नेपालले लिजमा लिएको स्टेशनमा राख्ने भनिएको थियो।

उक्त स्टेशनमा सुरक्षा नहुने भन्दै फेरि रेल नेपाली भूमिमा रहेको स्टेशनमा ल्याइएको हो।

रेल्वे सुरक्षाको जिम्मा सशस्त्र प्रहरीलाई दिइएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए।

‘भारतको जयनगर रेल्वे स्टेशन खुला छ त्यहाँ भीडभाड बढी हुने गरेको छ,’ उनले भने ‘त्यहाँ रेल सुरक्षित नहुने भएपछि पुनः धनुषाको इनरूवा स्टेशनमा राखेका छौं।’

प्रकाशित मिति: : 2020-09-21 14:28:48

प्रतिकृया दिनुहोस्