कोरोनापछि स्वदेश फर्किन भाडादर तेब्बर, १६ हजारको टिकटलाई ८० हजार तिर्दा पनि पाइएन

काठमाडौं । कोरोना महामारीले विश्व नै आक्रान्त बन्दै गएपछि पाँच वर्षअगाडि साउदी पुगेका सप्तरीका दाउद अलीले स्वदेश फर्किने सोच बनाए । धेरै पैसा कमाउने उद्देश्यले साउदी पसेका दाउलले पाँच वर्षको अवधिमा धेरै हन्डर खाए । 

तीन वर्षअघि उनले काम गरेको वेल्डिङ कम्पनीका मालिकले कम्पनीसँगै उनलाई पनि बेचिदिए । बेचिएको केही समयपछि उनलाई पितृ शोक पर्‍यो । घरमा बुबा देहान्त भएपछि स्वदेश फर्कन कम्पनीसँग उनले पासपोर्ट मागे तर कम्पनीले उनलाई पासपोर्ट दिएन । 

"साउदीको एयरपोर्ट पुगेपछि कम्पनीको मेरो पासपोर्ट लिएको थियो, अहिलेसम्म पाएका छैन्," उनले दु:ख सुनाए, "त्यसपछि मैले यहाँ घर फर्किन पाउ भनेर लेबर कोर्टमा मुद्दा हाले तर जित्‍न सकिनँ । बरु आफै कम्पनीबाट बाहिरिनुपर्‍यो ।"

प्रकाशित मिति: : 2020-09-18 14:36:02

प्रतिकृया दिनुहोस्