१ सय ७८ दिनपछि नयाँ बसपार्कमा देखियो चहलपहल {तस्बिरहरू}

लामो समयपछि बिहिबारदेखि मध्यम तथा लामो दूरीका सवारी साधान चल्ने भएका छन्। विगत १ सय ७८ दिनको प्रतिबन्धपछि आजदेखि मध्यम र लामो दूरीको यातायात सञ्चालन भएका हुन् ।

कोरोनाभाइरस (कोभिड–१९) को महामारीसँगै चैत १० गतेदेखि सञ्चालनमा लगाइएको प्रतिबन्ध फुकुवा भएसँगै बिहीबारदेखि त्यस्ता सवारीसाधनको सञ्चालन सुरु भएको हो।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक भएपछि यातायात व्यवसायी र मजदूरहरु सवारीसाधन सञ्चालनको तयारी सुरु गरेका थिए । यातायात सञ्चालन सुरु भएपछि यतिबेला नयाँ बसपार्क, पुरानो बसपार्क क्षेत्रमा चहलपहल बढेको छ ।

लामो दुरीमा सञ्चालन हुने सवारी साधनले अनिवार्य सिट क्षमताको ५० प्रतिशत मात्र यात्रु राख्नु पर्ने, मास्क–सेनिटाइजर अनिवार्य हुनुपर्ने, बेलाबेलामा गाडीको डिस्इन्फेक्सन हुनुपर्ने लगायत स्थानीय सरकारको समेत नियम पालन गर्नु पर्ने छ । तर यसरी सञ्चालन हुने सार्वजनिक सवारी साधनले यात्रुहरुबाट साविकको भाड दर भन्दा थप ५० प्रतिशत बढी भाडा लिन पाउने व्यवस्था समेत गरेको छ ।

हेर्नुहोस् नयाँ बसपार्कको चहलपहल तस्बिरमा

प्रकाशित मिति: : 2020-09-17 10:41:46

प्रतिकृया दिनुहोस्