नोभाक जोकोविच इटालियन ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन्।
बुधबार राति रोममा भएको खेलमा ३३ वर्षे जोकाविचेले वाल्डकार्ड मार्फत प्रतियोगितामा सामेल भएका साल्भातोर कारुसोलाई पराजित गरेका हुन्।
जोकोविचले कारुसोमाथि ६–३ र ६–२ को सेटमा जित निकालेका हुन्।
यस्तै दोस्रो बरियताका राफायल नाडालले युएस ओपन टेनिसका सेमिफाइनलिस्ट स्पेनिस पाब्लो कारेनो बुस्तालाई पराजित गरेर दोस्रो चरणमा स्थान बनाएका छन्।
नाडालले बुस्तालाई ६–१ र ६–१ को सेटमा पराजित गरेका हुन्।