बार्सिलोनाले प्रि-सिजनको मैत्रीपूर्ण खेल अन्तर्गत बुधबार भएको खेलमा जिरोनामाथि ३-१ को सहज जित दर्ता गरेको छ।
बार्सिलोनाको जितमा कप्तान लिओनल मेसीले दुई तथा फिलिपे कोउटिन्होले एक गोल गरे।
२१ औं मिनेटमा त्रिनकाओले मिलाएको पासमा कोउटिन्होले ट्याप इन गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। पहिलो हाफको अन्तिम मिनेटमा मेसीले लामो दुरीबाट गरेको प्रहार सिधै गाेलमा परिरणत हुँदा बार्सिलोना २-० ले अघि बढ्यो।
दोस्रो हाफको सुरुवाती मिनेटमा नै जिरोनाले गोल फर्कायो। सामु साइजले गोल गर्दै खेलमा फर्कने संकेत दिए।
तर, ५१ औं मिनेटमा कप्तान मेसीले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार डिफेन्डरलाई लाग्दै गाेल भएपछि बार्सिलोना खेलमा ३–१ ले जित हात पार्न सफल रह्याे।