अखिल नेपाल टेबलटेनिस संघले खेलाडीको कोरोना बीमा गरिदिएको छ।
पुरुष/महिलामा शीर्ष १६ वरीयतामा रहेका राष्ट्रिय टेबलटेनिस खेलाडीको कोरोना बीमा गरिएको संघका अध्यक्ष चतुरानन्द राज वैद्यले जनाएका छन्।
वैद्यका अनुसार सबै प्रशिक्षक र अन्तर्राष्ट्रिय अम्पायर तथा टेबलटेनिस केन्द्रीय कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरुको पनि कोरोना बीमा गरिएको छ। एभरेष्ट इन्स्योरेन्स कम्पनीमा सबैको १ लाख रुपैयाँका दरले बीमा गरिएको बताइएको छ।