अस्पतालमा बन्धक दम्पती : के यो देशको न्याय, कानुन र सरकारले यी दम्पतीसँग आँखा जुधाउन सक्छ ?

भोला पासवान 

 

सप्तरीको महुलीमा दुई महिनाअघि निर्घात कुटिएका थिए दलितदम्पती । उनीहरूलाई कुट्ने तारेखमा छुटेका छन् र समाजमा छाती फुलाएर हिँडिरहेका छन् । कुटाइ खानेहरू भने दुई महिनादेखि विराटनगरको गोल्डेन हस्पिटलमा छन्, किनकि घाउचोटको उपचारको पैसा तिर्न नसकेको भनेर अस्पतालले बन्धक बनाएको छ । विपन्न र बेखर्ची यी दम्पती अन्य बिरामीका आफन्तले दिएको खाना खाएर अस्पतालमा दिन कटाइरहेका छन् । 

सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका– ६ महुलीनिवासी शिवचन्द्र सदा (भुटाई) र दिना साह छिमेकी हुन् । ‘साउन पहिलो साता भीषण पानी परेपछि तराईका बस्ती–बस्तीमा पानी पसेको थियो । गाउँ पसेको पानी शिवचन्द्रको घर हुँदै बगेर दिनाको घरतर्फ बगिरहेको थियो,’ शिवचन्द्रका भाइ पवनको भनाइ छ, ‘तर, दिना साहले हाम्रो दाइ शिवचन्द्रको आँगनमा आएर पानी थुन्न थाले, पानीको बहाव रोकिएपछि दाइको घरभित्र पानी पस्न थाल्यो । त्यही विषयमा विवाद भएको हो ।’

यही विषयमा विवाद हुँदा दिनाको परिवारले शिवचन्द्रको परिवारलाई दलित भनेर अपमानजनक गालीगलौज मात्र गरेनन्, सांघातिक हमला पनि गरे । ‘बाँसको भाटाले प्रहार गर्दा दाजु शिवचन्द्र सदाको टाउको फुट्यो, भाउजू मिलियादेवी पनि गम्भीर घाइते भइन् । दाजु–भाउजू दुवैलाई यतैको स्वास्थ्य चौकीमा लगिएको थियो । तर, स्थिति गम्भीर भएकोले तुरुन्तै विराटनगर लगेर गोल्डेन अस्पतालमा भर्ना गरियो,’ भाइ पवनको भनाइ छ । 

प्रकाशित मिति: : 2020-09-16 05:48:41

प्रतिकृया दिनुहोस्