लामो दूरीका सार्वजनिक बस सञ्चालनको तयारीः दशैंमा कति बढ्ला भाडा ?

क्यापिटल

काठमाडौं

 युबराज बस्नेत

सरकारले ६ महिनापछि अर्थात असोज ५ गतेदेखि लामो दूरीको सार्वजनिक यातायात खुलाउने निर्णय गर्यो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले लामो दूरीमा चल्ने सबै सवारी असोज ५ गतेदेखि सञ्चालन अनुमति दिएपछि सर्वसाधारणको टिकट कहिले खुल्छ? र, भाडा कति पर्छ ? भन्ने चासो छ । 

दशैं र तिहारलगायतका महत्वपूर्ण चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यकामा व्यवसाय गर्ने व्यापारी, पेशाकर्मी विद्यार्थी लगायत सर्वसाधारणले उपत्यका छाडेर गाउँ जाने गर्छन् ।

यसअघि झन्डै १५ लाख भन्दा बढी मानिस दशैं मनाउन उपत्यका बाहिर जाने गर्थे । अहिले कोरोनाका कारण लकडाउन हुनुअघि नै अधिकांश गाउँमै छन् । भलैं, त्यो संख्या कमी होला तर, उपत्यकाबाट दशैं मनाउन गाउँ भनेर कुरेर बस्ने सर्वसाधारण पनि धेरै छन् ।

अहिले सरकारले छाटो दुरी तथा अन्तर जिल्लामा चल्ने सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली कायमै गरेको छ । असोज ५ गतेदेखि लामो दूरीका सार्वजनिक सवारी खुल्दा कोरोना संक्रमणको जोखिम उत्तिकै छ । 

उपत्यका छाड्ने मानिस टिकट काट्न बसपार्क र यातायातका काउन्टरमा भीड हुने देखिन्छ । त्यसका बारेमा सरकार र यातायात व्यवसायीले ठोस मापदण्ड र सुरक्षा सावधानी अपनाएको देखिँदैन् । 

उपत्यकामा सञ्चालन भएका भाडाका सवारीसाधन सरकारले तोकेको सुरक्षा मापदण्ड पुरा नगरी खुलेआम सञ्चालन भएको अबस्थामा लामो दुरीमा चल्ने सार्वजनिक सवारीले कसरी सुरक्षा मापदण्ड अपनाउँलान ? यो सोचनीय बिषय बनेको छ । 

प्रकाशित मिति: : 2020-09-15 15:40:17

प्रतिकृया दिनुहोस्