निर्देशक साजिद खानमाथि पुनस् यौन उत्पीडनको आरोप लागेको छ। मोडल डिम्पल पालले साजिद ले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी हुन्।
आफ्नो इन्स्टाग्राममा पोस्ट राख्दै भनेकी छिन्– ‘म १७ वर्षको हुँदा साजिदले चलचित्र हाउसफूलमा भूमिका दिने सर्तमा मेरो सबै कपडा खोल्न लगाएका थिए।’
उनले आफू भारतमा मिटु मुमेन्ट चल्दा परिवार पाल्नुपर्ने बाध्यताले गर्दा साजिदको विरुद्धमा बोल्न नसकेको उल्लेख गरेकी छन्।
अहिले आफू परिवार पाल्नु जिम्मेवारी नरहेको आफूले मुख खोलेको उल्लेख गरेकी छन्।
‘साजिदले मसँग फोहोर बोल्ने, छुन खोज्ने गरेका थिए। म जस्ता कतिलाई यो समस्या परेको हुनसक्ने भनेर सोचेको थिए। तर, त्यतिबेला बच्चा भएकोले बोल्न नसकेपनि अहिले बोलेको हुँ,’ उनले भनेकी छिन्।
साजिदमाथि अन्य ४ मोडलहरुले यौन दुर्व्यवहारको आरोप लगाएका छन्। यसअघि सहायक निर्देशक सलोनी चोपडा र पत्रकार करिश्मा उपाध्यायलेपनि आफूहरुमाथि साजिदले यौन दुव्र्यवहार गरेको आरोप लगाएका थिए ।
उनीहरुलाई समर्थन गर्दै नायिका रचेल ह्वाइटले एउटा फिल्मको अडिसनका क्रममा सजिदले आफ्नो कपडा खोल्न लगाएको बताएकी थिइन्।
उनले लेखेकी थिइन्, ‘अडिसनको बहानामा उनले मलाई आफ्नो बेड रुममा पुर्याए र मेरो कपडा खोल्न आग्रह गरे । फिल्ममा विकिनी सिन भएकाले मेरो वक्षस्थल हेर्नुपर्ने उनको भनाई थियो । तर, मैले मानिनँ ।’
एकपछि अर्को अनुहारको नकाब उत्रिरहँद निर्देशक साजिदले आफ्नो फिल्मबाटै हात धुनुपरेको थियो ।
निर्देशक साजिदले महिलाहरुलाई यौन शोषणको आरोप लगाएपछि फिल्म ‘हाउसफुल-४’ बाट हात झिक्न वाध्य भएका थिए। उनले ट्विटरमा आफूमाथि लागेको आक्षेपका कारण फिल्म छोडेको बताएका थिए ।