दशैँसँगै गाउँगाउँ पुग्दै कोरोना

रातोपाटी

काठमाडौँ

 

माया श्रेष्ठ 

 नेपालमा कोरोनाभाइरस संक्रमतिको संख्या तीव्र गतिमा बढिरहेकै बेला हिन्दु धर्मावलम्बीहरुको मुख्य चाड दशैँ र तिहार पनि नजिकिएको छ । काठमाडौँ उपत्यका लगायत ठूला सहरमा कोरोना संक्रमितको संख्या पछिल्लो समय तीव्र गतिमा बढेको छ ।

चाडपर्व मनाउनका लागि सहरबाट गाउँघरमा फर्कनेको संख्या उल्लेख्य हुने भएकाले पनि दशैँ–तिहारको समयमा कोरोनाको संक्रमण सहरबजारबाट गाउँगाउँमा फैलन सक्ने जनस्वास्थ्य विज्ञहरू बताउँछन् ।

सरकारले चैत ११ गते कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन सुरु गर्दा नेपालमा जम्मा ३ जना कोरोना संक्रमित भेटिएका थिए । १२० दिनसम्म लकडाउन गरे पनि सो अवधिमा भारतबाट नेपाल फर्किनेलाई क्वारेन्टिनमा राख्ने, पीसीआर परीक्षण गर्ने तथा संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङ गरी सम्भावित संक्रमित पहिचान गर्ने विधिलाई सही ढंगले व्यवस्थापन गर्न नसक्दा देशका विभिन्न भागमा द्रुत गतिमा कोरोना संक्रमण फैलिएको विज्ञहरुको भनाइ छ ।

प्रकाशित मिति: : 2020-09-14 20:03:46

प्रतिकृया दिनुहोस्