कतारबाट नेपाल एयरलाइन्सले थप उडान गर्दै

नेपाल एयरलाइन्सको दोहा काठमाडौं सेक्टरका लागि केही उडानहरु थप भएको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।

यसरी थप भएका उडानहरु मध्ये भदौ ३०, ३१ र असोज १ गतेको लागि यसअघि दूतावासद्वारा नाम प्रकाशित भइ विभिन्‍न कारणले टिकट काट्न छुटेका व्यक्तिहरुले टिकट लिइसकेको एयररलाइन्सले जनाएको विज्ञप्तीमा उल्लेख छ ।

यस्तै असोज ६, ८ र ९ गतेका लगि नेपाल एयरलाइन्सले उडान गर्ने भएको छ । 

उक्त सूचीमा नाम भएका व्यक्तिहरुले हवाई टिकटका लागि सम्बन्धित ट्राभल एजेन्सीमा सम्पर्क गर्न पनि दूतावासले जनाएको छ । 

प्रकाशित मिति: : 2020-09-14 16:05:43

प्रतिकृया दिनुहोस्