धेरै पछि हाम्रो भेट भएको थियो। रेस्टुरेन्टको टेबल ओगटेर बसेको केही बेरपछि कुरा गर्दागर्दै प्रसंग मोडियो।
उनले भनिन्, 'दिनभरी अफिसको कार्यक्रम भयो। साँझ परेपछि हामी आ-आफ्नो कोठामा गयौं। राति नौ बजेको थियो होला। मोबाइल र मेसेन्जरमा पुरुष सुपरीवेक्षक र सहकर्मीहरूको लगातार एसएमएस आउन लाग्यो। मैले रेस्पोन्स नगरेपछि फोन नै आयो।
'के छ म्याडम? हजुरको कोठा हेर्न आऊँ कि भनेर...' यस्तै यस्तै। म अक्क न बक्क भएँ। मोबाइल खुला हुँदा फोन आउला भन्ने डरले बन्दै गरेँ। घरमा बच्चा बिरामी थियो।'
उनले थपिन्, 'केही बोले महिलालाई नै ऊ त्यस्तै भएर त हो भन्न थाल्छन्। कसलाई स्पष्टीकरण दिँदै हिँड्नु? अनि को-कोसँग भिड्नु?