अभिनेत्री रागिनीले ‘युरिन टेस्ट’ मा पानी हालेपछि

ड्रग्स कारोबारमा पक्राउ परेकी कन्नड अभिनेत्री रागिनी द्धिवेदीले ‘युरिन टेस्ट’ लाई प्रभावित पार्न पानीको प्रयोग गरेको चिकित्सकहरूले बताएका छन्। 

हैदराबादमा क्राइम ब्रान्चले रागिनीले ड्रग्स प्रयोग गरेको हो कि होइन भनेर पत्ता लगाउन ‘डोपङ टेस्ट’ गराएका थिए। 

‘डोपिङ टेस्ट’ गर्दा रागिनीले आफ्नो पिसाबको स्याम्पलमा पानी मिसाएकी थिइन। डाक्टरहरूले उनको पिसाबमा पानी मिसिएको प्रमाणित गरिसकेका छन्। 

‘डोपिङ टेस्ट’ मा प्रतिबन्धित औषधि प्रयोग गरेको हो कि होइन, पिसाबको परीक्षणबाट सहजै पत्ता लगाउन सकिन्छ। अन्तर्राष्ट्रिय खेलकुदमा पिसाबकै स्याम्पलबाट डोपिङको परीक्षण गर्ने गरिन्छ। 

रागिनीको परीक्षण बिहीबार बेङ्लुरुको केसी जनरल अस्पतालमा भएको थियो। उनको स्याम्पलमा पानी देखिएपछि दोस्रो पल्ट परीक्षण गरिएको छ। क्राइम ब्रान्चले रागिनीको व्यवहार लज्जास्पद भएको बताएको छ। अदालतले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न स्विकृति प्रदान गरिसकेको छ। 

क्राइम ब्रान्चले रागिनीले आफ्नो साथी बी के रविशंकरसँग मात्र होइन, अर्का एक अमेरिकी नागरिक साइमनसँग ड्रग्स आयात गर्ने गरेको बताएको छ। रागिनीसँगै अर्को कन्नड अभिनेत्री सञ्जना गलरानी पनि ड्रग्स कारोबारमा पक्राउ परेकी छिन्।

प्रकाशित मिति: : 2020-09-13 21:47:23

प्रतिकृया दिनुहोस्