घर फर्किएका युवा गाउँमा बेल्चा चलाउँदै

दशरथ घिमिरे 

शान्तिनगर गाउँपालिका हंशपुर घर भएका २३ वर्षीय डम्बरबहादुर खत्री भारत भारतको गोवामा काम गर्थे । कोरोना भाइरसको संक्रमण फैलिएपछि लकडाउन भयो । गोवाको काम बन्द भयो । लकडाउनमै घर आएका खत्रीले गाउँमै काम खोजे । सडक बनाउने काममा श्रमिकको रुपमा काम पनि पाए ।

लकडाउनमा समेत खाली बस्नु परेको छैन । ‘भोको पेटले काम नगर भन्दो रहेनछ । गोवाको काम बन्द भएपछि घर आएँ । यहाँ काम खोजेँ बाटो बनाउने काम भेटियो।’ उनले भने–‘घरमा खाली बस्नु भन्दा काम गरे आम्दानी पनि हुने । घर खर्च पनि चल्ने ।’

कोरोनाले गर्दा रोजगारी खोसिएपछि घर फर्किएका युवाहरुले स्थानीय स्तरमा चलेका विकास निर्माणको काममा रोजगारी पाउन थालेका हुन् । तुलसीपुर घर भएका वीरबहादुर पुन अब कक्षा ११ मा भर्ना हुने तयारीमा छन् । एसईई पास भएपछि उनी विद्यालय कहिले खुल्ला र पढ्न जान पाइएला भन्ने प्रतिक्षामा छन् । तर, यो बिचको खाली समयमा श्रमिकको रुपमा खटिएका छन् । बेल्चा चलाउँदै आर्थीक जोहोमा जुटेका हुन् ।

प्रकाशित मिति: : 2020-09-13 09:46:49

प्रतिकृया दिनुहोस्