वीरगञ्जमा ३१५ जनाको स्वाब परीक्षण, २३ संक्रमित थपिए

पर्सा र बाराका थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

नारायणी अस्पताल वीरगञ्जमा ३१५ जनाको स्वाब परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए ।

थपिएका संक्रमितहमा पर्साका ९ र बाराका १४ जना रहेका छन् । यस्तै  नारायणी अस्पतालको क्वाटरमा बस्ने दुई, वीरगञ्ज हेल्थ केयर अस्पतालका दुईजनामा पनि संक्रमण देखिएको हो ।

यता, पर्साको पटेर्वा सुगौली गाउँपालिका ५ का तीन, वडा नम्बर १ का एक तथा सखुवा प्रसौनी गाउँपालिका २ का एक जनामा कोरोना पुष्टि भएको छ। 

यस्तै, बाराको निजगढ नगरपालिकाका ८ जनामा संक्रमण देखिएको छ । ती मध्ये दुईजना ईलाका प्रहरी कार्यालय निजगढमा कार्यरत रहेका छन्।

यसैगरी कलैया उपमहानगरपालिका ४, ६ र ८ का एक/एक, वडा नम्बर ७ का तीनजनामा पनि कोरोना संक्रमण भएको छ।
 

प्रकाशित मिति: : 2020-09-12 08:52:11

प्रतिकृया दिनुहोस्