‘माधव नेपालको असन्तुष्टि केही छैन, पार्टी अब नयाँ उचाइमा पुग्यो’

शिशिर ढकाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सकिएको छ। अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको प्रस्ताव बैठकले पारित गरेको छ। सबै अन्तरसंघर्षलाई समाप्त गर्दै महाधिवेशनमा होमिने स्थायी कमिटीको निर्णय छ। के नेकपाभित्रको अन्तरसंघर्ष अब समाप्त भएको हो? आगामी दिनमा पार्टी कसरी अघि बढ्छ र कमिटीको बैठकले पार्टीलाई विधि र पद्धतिमा सञ्चालन गर्ने विषयमा र राष्ट्रिय हितका सवालमा के-के निर्णय गर्योब? नेकपाका स्थायी कमिटी सदस्य भीमबहादुर रावलसँग काठमाडौंप्रेसका लागि शिशिर ढकालले गरेको कुराकानीको सम्पादित अंश :

-नेकपाको स्थायी कमिटी बैठकले के-के निर्णय गर्‍यो ?

पार्टीको स्थायी कमिटी बैठकले पार्टी सुदृढीकरणका साथै राष्ट्रिय हितका सवालमा निकै महत्वपूर्ण निर्णय गरेको छ। पार्टीभित्रका अन्तरसंघर्षलाई अन्त्य गर्दै एकताबद्ध रुपमा पार्टीलाई अघि बढाउने सवालमा कार्यदलले पेश गरेका सुझावलाई अनुमोदन गर्दै अघि बढ्ने बैठकको निर्णय छ। र, यसअघि केन्द्रीय कमिटीले निर्णय गरेअनुसार पार्टीको महाधिवेशन सम्पन्न गर्ने निर्णय छ।

प्रकाशित मिति: : 2020-09-11 21:03:40

प्रतिकृया दिनुहोस्