रिया चक्रवर्ती २२ सेप्टेम्बरसम्म जेलमा

सुशान्त सिंह राजपूत आत्महत्या प्रकरणमा ड्रग्स किनबेचमा पक्राउ परेकी रिया चक्रवर्तीलाई अदालतले २२ सेप्टेम्बरसम्म हिरासतमा राखेर सोधपुछ गर्न स्विकृति प्रदान गरेको छ। 

सुशान्तकी प्रेमिका रियाले अदालतसमक्ष दुई पल्ट आफूलाई जमानत दिन आग्रह गरेकी थिइन्। तर, अदालतले उनको निवेदनलाई अस्वीकार गरेको छ। 

नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले ड्रग्स कारोबारमा रियाको संलग्नता स्पष्ट देखिएको हुनाले उनलाई हिरासतमा राखेर सोधपुछ गर्नुपर्ने हुनाले म्याद थप गर्न आग्रह गरेको थियो। 

रियाका वकिलले सोधपुछका क्रममा प्रोटोकलको वास्ता नगरिएको र उनलाई जबरदस्ती बयान दिन लगाएको आरोप लगाएका थिए। 

तर, एनसीबीले ड्रग्स कारोबारमा पक्राउ परेका सबैले रियाको नाम लिएको बताएको थियो। यस्तै, सोधपुछमा महिला अधिकारी संलग्न रहेको पनि अदालतलाई जानकारी दियो। 

मुम्बई अदालतका न्यायधीस जेबी गुरवले गम्भीर अपराधको छानवीन भएको हुनाले उनलाई अग्रीम जमानत दिन नमिल्ने बताएका थिए। 

रियासँगै हाल जेलमा उनका भाई शौविक चक्रवर्ती, अब्दुल वासित, जैद विलात्रा, दीपेश सावन्त र स्यामुअल मिरान्डा पनि छन्।

एनसीबीले ८ सेप्टेम्बरमा रियालाई पहिलो पल्ट पक्राउ गरेको थियो। जिल्ला अदालतमा रियाले हालेको जमानतको निवेदन खारेज भएपछि मेट्रोपोलिटन मजिस्ट्रेटको अदालतमा अपील गरिएको थियो।

प्रकाशित मिति: : 2020-09-11 14:02:32

प्रतिकृया दिनुहोस्