२४ वर्षदेखि बुबाआमा भेट्ने हुटहुटी

बाह्रखरी

काठमाडाैं

 तीन वर्षको उमेर । न आमाको काख, न त बुबाको काँध । टिनको जस्ता भएको घरको पेटीमा रात बिताउनुपर्ने बाध्यता । कैयौं रात त सडक पेटीमा चप्पलको सिरानी राखेर बिते । दबिएका रहर र नदेखिएका सपना । जिन्दगी एक भुइँमान्छे ।

होटेलका जुठा भाँडा माझ्दै, टेबल पुछ्दै, भुइँ बढार्दै जिन्दगीको सुरुवात गरेका राष्ट्रिय ब्याडमिन्टन खेलाडी सुमन लिम्बूको कथा यस्तै छ । रिक्सा र टाँगा चलाउँदै जसले जे भन्यो त्यही गर्ने त्यो बालापनमा के भविष्यको चिन्ता हुनु र के लक्ष्य बोक्नु । उनको साँझ बिहान कसरी दुई छाकको जोहो गर्ने भन्‍ने नै ठूलो लक्ष्य र गन्तव्य थियो ।

२७ वर्षअघि सुमन धरानमा जन्मिए । तीन वर्षको हुँदा उनका बुबाले धरान बसपार्कमा रहेको भोजपुरे होटेलमा सुमनलाई बेचिदिए । उनका बुबाले होटेलको साहुनीसँग ५० हजार रुपैयाँको कागज बनाउँदै सनाखत गरेर बेचेका थिए । उनलाई बुबाले फर्किएर लिन आउने आशा देखाएका थिए । त्यही आशामा उनले बुबाको पर्खाइमा पाँच वर्ष बिताए, त्यही होटेलका जुठाभाँडा माझेर । आफूलाई पैसाको आवश्यकता परेको र केही बेरमा फर्किने सर्तसहित छोरालाई होटेलमा छोडेर हिँडेका सुमनका बुबा पाँच वर्षसम्म पनि फर्किएनन् । तर, उनको बुबाआमालाई भेट्ने चाहना अहिले पनि उत्तिकै धेरै छ । बुबाको हात टाउकोमा राखेर थमथम्याउन पाइयोस् भन्‍ने इच्छा अझै छ ।

 

प्रकाशित मिति: : 2020-09-11 12:07:16

प्रतिकृया दिनुहोस्