आइसोलेसनमा खटेको अञ्जन र कृष्माको जोडी

युवराज श्रेष्ठ

पोखरा–३३ भरतपोखरीका डा. अञ्जन तिवारीको अमेरिका गएर एमडी गर्ने चाहनामा कोरोना भाइरसको महामारीले पानी फेरिदियो।

महामारी हुन्थेन भने उनी वैशाखमै अस्पताल छोडिसकेका हुने थिए, एमडी अध्ययनको तयारीका लागि।

उनको अर्को योजना पनि थियो- बिहेपछि पत्नीसँग घुम्न जाने। माघ २९ गते उनको र कृष्मा गिरीको बिहे भएको थियो।

कोरोनाले गर्नु गर्‍यो, हनिमुन जान नपाएको यो जोडीलाई संक्रमित बस्ने आइसोलेसनमा खटिने बनाइदियो। उनकी पत्नी कृष्मा नर्स हुन्।

उनीहरूले बिहेपछि पनि १ महिना छुट्टी लिएका थिए। तर कोरोनाभन्दा पहिले नेपालमा यसको भय पस्यो। देशभित्र र बाहिर सबैतिर घुम्न जान समेत डरमर्दो भैसकेको थियो। 

अस्पताल छाडेर यसै बस्न उनको मनले मानेन।

‘यत्तिकै बस्दा समाजमा नराम्रो असर पर्छ भनेर अस्पताल छाडिनँ,’ उनले भने।

उनीहरू दुबैले पोखराको लेखनाथस्थित लेखनाथ सामुदायिक लायन्स अस्पतालमा काम गर्थे। त्यो बेला यो अस्पतालले कृष्मालाई वेतलबी बिदामा राख्यो। जेठदेखि बिरामीको चाप बढ्न थालेपछि फेरि बोलायो।

प्रकाशित मिति: : 2020-09-10 19:33:43

प्रतिकृया दिनुहोस्