सप्तरीमा एसपी र डीएसपीसहित थप १७ जनामा कोरोना संक्रमण

सप्तरीमा एसपी र डीएसपीसहित थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा प्रहरी उपरीक्षक र प्रहरी नायव उपरीक्षकसहित १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे।

प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद धमला र प्रहरी नायव उपरीक्षक तिलक भारतीमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएकाे छ। 

अहिले दुवैजना सेल्फ आइसोलेसनमा राखिएकाे छ। 

त्यस्तै गजेन्द्र नारायण सिंह अस्पतालका एक स्वास्थ्यकर्मी र एक सफाइकर्मी, सप्तरी कारागारमा सुरक्षामा खटेका दुईजना सुरक्षाकर्मी, ९ जना कैदीबन्दी तथा राजविराज नगरपालिकाका बिभिन्न वडाका २ गरी १७ जनामा संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए।

प्रकाशित मिति: : 2020-09-10 19:07:48

प्रतिकृया दिनुहोस्