धनुषामा थप एकजनामा मृत्युपश्चात कोरोना संक्रमण पुष्टि

धनुषामा थप एकजनामा मृत्युपश्चात कोरोना संक्रमण पुष्टि भएको छ।

जिल्ला प्रशासन कार्यालय धनुषाका सूचना अधिकारी गणेश कुमार मिश्रका अनुसार औरही गाउँपालिका १ पुरनदैयाका ६० वर्षीय पुरुषमा मृत्युपश्चात कोरोना संक्रमण पुष्टि भएको हाे। 

ती पुरुषमा श्वासप्रश्वासको समस्या देखिएपछि भदौ २३ गते जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा रहेको कोभिड १९ विशेष अस्पतालमा भर्ना गरिएको थियो। 

उपचारकै क्रममा ती पुरुषको बुधबार मृत्यु भएको थियाे।

मृतकमा कोरोनाको लक्षण देखिएकाले मृत्युपछि उनको स्वाब लिई परीक्षणका लागि पठाइएकोमा बुधबार साँझ रिपोर्ट पोजेटिभ आएको सूचना अधिकारी मिश्रले जानकारी दिए।

उनको शव व्यवस्थापन नेपाली सेनाको टोलीले महेन्द्रनगरस्थित जमुनी नदीको किनार गरेको छ।

प्रकाशित मिति: : 2020-09-10 15:04:00

प्रतिकृया दिनुहोस्