बम बिस्फोटमा छोरो गुमाएकी आमाको प्रश्न–न्याय कहिले मिल्छ?

दशरथ घिमिरे

 त्रिवेणी गाउँपालिका वडा नम्बर ४ निवासी तीलकुमारी नेपालीलाई छोरा गौरवको याद घरीघरी आइरन्छ । छोराको सम्झनामा तीलकुमारी अझै भक्कानिएर रुन्छिन् ।

छोरा गुमाएको पाँच महिना पुग्न थाल्यो । तीलकुमारी न्यायको पखाईमा छिन ।

‘मेरो छोरा खै ? किन मारियो ? कसले दिन्छ मलाई न्याय ?’ तीलकुमारीले प्रश्न गर्दै भनिन्, ‘बम पड्कीएर छोरा मारियो । त्यो बम कसले किन त्यहाँ राख्यो । बम राख्नेलाई कारबाही हुनुपर्‍याे । उनीहरुलाई कारबाही भए मात्रै न्याय पाएको ठान्ने छु ।’

१३ वर्षका गौरव नेपाली वैशाख १७ गते मामा घर त्रिवेणी–७ गौरीगाउँ गएका थिए । आमासँगै मामा घर पुगेका गौरव केही दिन मामा घरमै बस्ने भए । आमा घर फर्किइन । गौरव मामा घरमै बसे । वैशाख १८ गते बेलुका बाख्रा ग्वाला गएको समयमा बम पड्कीएर गौरवको मृत्यु भयो ।

गौरवसहित गौरीगाउँका १४ वर्षीय नोखिराम डाँगी, ११ वर्षीया विमला केसी र विमालाका पाँच वर्षे भाइ विजय केसीको बम पड्कीएर घटनास्थलमै ज्यान गयो ।

प्रकाशित मिति: : 2020-09-10 08:43:31

प्रतिकृया दिनुहोस्