‘अबको शिक्षा वैकल्पिक, तर विधि र उपायहरु लागू गर्न ढिला भइसकेको छ’

देशसञ्चार

काठमाडौँ

टंक ढकाल 

‘विद्यालयले आफ्ना विद्यार्थी पहिचान गर्नु पर्‍यो, विद्यार्थी र अभिभावकले आफ्नो र आफ्ना सन्तानको विद्यालय चिन्न पर्‍यो। शिक्षकले आफ्ना विद्यार्थी र विद्यार्थीले शिक्षक पहिचान गर्नु पर्‍यो । अवस्था असामान्य भएकाले नियमित जस्तो तरिकाले हुँदैन, अहिले एकले अर्कालाई पहिचान गरेर सिकाई सञ्चालन गर्नु पर्ने बेला हो।’

शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको यो भनाइमा कोरोना भाइरसको महामारीका कारण ठप्प प्रायः बनेको विद्यालय तहको शैक्षिक गतिविधि सञ्चालन गर्ने उत्तम विकल्प भेटिए जस्तो लाग्छ । तर शिक्षा मन्त्रालयसँग विद्यार्थी र विद्यायल तथा शिक्षबिचको यो ‘खोजी’ को मार्ग के हुने भन्ने स्पष्ट खाका अझैसम्म छैन ।

नयाँ शैक्षिक शत्रको झण्डै पाँच महिना सकिनै लाग्दासम्म शैक्षिक गतिविधि सञ्चालन हुन सकेको छैन । विद्यार्थी र अभिभावकसँगै देशभरका विद्यालयहरु अन्यौलमा छन् । हालै शिक्षा मन्त्रालयले कम्तीमा यो शैक्षिक शत्रका लागि सामान्य अवस्थामा जस्तो प्रत्यक्ष उपस्थित भएर हुने पठनपाठन सम्भव नरहेकाले वैकल्पिक माध्यमबाट सिकाइ नियमित गर्नुको विकल्प नरहेकाले सोही अनुसार शिक्षण सामग्री तयार पार्ने र पाठ्यक्रम संश्लेषण गर्ने काम भइरहेको बतायो ।

प्रकाशित मिति: : 2020-09-09 18:26:38

प्रतिकृया दिनुहोस्