संघर्षपूर्ण जित निकाल्दै पाँचौँ बरियताका स्वेरेभ सेमिफाइनलमा

पाँचौँ बरियताका एलेक्सान्डर स्वेरेभ संघर्षपूर्ण जित निकाल्दै युएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन्।

२७ औँ बरियताका क्रोएसियन खेलाडी बोर्ना कोरिकलाई पराजित गरेर जर्मन स्वेरेभले अन्तिम चारमा स्थान पक्का गरेका हुन्।

पहिलो सेटमा पछि परेका २३ वर्षे स्वेरेभले त्यसपछिका दुई सेटमा टाइब्रेकरमा जित निकाले र अन्तिम सेटमा नतिजा आफ्नो पक्षमा पारेका हुन्।

Image

स्वेरेभले कोरिकलाई १–६, ७–६ (७–५), ७–६ (७–१) र ६–३ को सेटमा जित दर्ता गरेका हुन्।

अब स्वेरेभले फाइनल प्रवेशका लागि २० औँ बरियताका स्पेनिस पाब्लाने कारेनो बुस्ता र क्यानडियन १२ औँ बरियताका डेनिस शपाभालोभबीचकाे विजेतासँग प्रतिस्पर्धा गर्ने छन्।

प्रकाशित मिति: : 2020-09-09 06:40:32

प्रतिकृया दिनुहोस्