श्रीसिया सुक्खा बन्दरगाहले चालु वर्षको लक्ष्य भेटायाे, १ अर्ब ७८ करोड राजश्व संकलन

श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउनमा राजश्व लक्ष्य भेटाएको छ । 

भन्सार विभागले भन्सार कार्यालयलाई दिइएको लक्ष्यभन्दा ४ दशमलव ६७ प्रतिशत बढि राजश्व संकलन गरेको हाे ।

सुक्खा बन्दरगाह भन्सार कार्यालयले गत साउनमा पाएको १ अर्ब ७८ करोड २७ लाख ८४ हजारको मासिक राजश्व लक्ष्य पाएकोमा लक्ष्यभन्दा ४.६७ प्रतिशत बढि आर्थात १ अर्ब ८६ करोड ६० लाख ८५ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

भन्सार कार्यालयले भन्सार महसुल तर्फ पाएको ९८ करोड ७ लाख ५२ हजार लक्ष्य पाएकोमा ८२ करोड २८ लाख २ हजार,भ्याटतर्फ ५२ करोड २४ लाख १ हजार लक्ष्य पाएकोमा ९२ करोड ९९ लाख ९५ हजार,अन्तशुल्कतर्फ २५ करोड ७१ लाख ५ हजार लक्ष्य पाएकोमा १० करोड १२ लाख ३३ हजार,सडक निर्माण दस्तुर तथा अन्य महसुल गरी कुल १ अर्ब ८६ करोड ६० लाख ८५ हजार राजश्व असुली भएको सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकारी जगदीश पुर्बेले जानकारी दिए ।

गत आर्थिक वर्षभन्दा यस आर्थिक वर्षमा साउनमा राजश्व लक्ष्य कम पाएको हुनाले लक्ष्य भेटाउन सहज भएको उनले बताए। कोरोना महामारीको कारण वीरगञ्ज भन्सार र श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले गत वर्षभन्दा यस वर्ष राजश्व लक्ष्य कम पाएका छन् ।

यस बन्दरगाह भन्सारले चालु आवको १२ महिनाको लागि ४४ अर्ब ६३ करोड ३ लाख ६२ हजार रुपैयाको राजश्व लक्ष्य पाएको छ । 

भन्सार कार्यायलले भदौमा ३ अर्ब १२ करोड ५७ लाख ७१ हजार,अगामि असोजमा ४ अर्ब ४६ करोड २६ लाख ९२ हजार,कार्तिकमा २ अर्ब ५ करोड ४२ लाख ८ हजार,मसिरमा ४ अर्ब ९२ करोड २६ लाख ६४ हजार,पुसमा ५ अर्ब ९७ करोड ८८ लाख २५ हजार,माघमा ३ अर्ब ५७ करोड ५१ लाख ३० हजार फागुनमा ३ अर्ब ५६ करोड ९९ लाख २० हजार,चैतमा ३ अर्ब ६५ करोड ८५ लाख ३५ हजार,वैशाखमा ५ अर्ब १ करोड २४ लाख २२ हजार,जेष्ठमा ४ अर्ब १ करोड ९ लाख ४४ हजार,असारमा ३ अर्ब ५५ करोड ६४ लाख ६१ हजारको राजश्व लक्ष्य पाएको छ ।

प्रकाशित मिति: : 2020-09-08 20:10:49

प्रतिकृया दिनुहोस्