बेड नम्बर ३२१।
सिभिल अस्पताल, तेस्रो तला।
लखतरान छन् एक युवा।
दीपेन्द्र पाल, २४ वर्षका भए।
लाउँलाउँ खाउँखाउँ भन्ने उमेरमा उनी अस्पतालमा मृत्युसँग मडारिहेका छन्।
यताउता फर्किनु र कोल्टे फेर्नुबाहेक अन्य विकल्प नै छैन।
मृत्युलाई जित्न चाहन्छन् उनी कुनै हालतमा पनि।
घरीघरी भित्तातिर हेरेर टोलाउँछन्।
मानौं, उनी सपना देख्छन् बाँच्ने अनि टोलाउँछन्।
उनलाई ब्लड क्यान्सर भएको छ।
उनी बाँच्न चाहन्छन् आफ्ना सपना र आमाबाका लागि।
तर कसरी?