ओशाका युएस ओपन टेनिसको चौथो चरणमा प्रवेश

नाओमी ओशाका युएस ओपन टेनिसको चौथो चरणमा प्रवेश गरेकी छन्। 

शुक्रबार बिहान भएकाे खेलमा तेस्रो चरणको खेलमा युक्रेनियन खेलाडी मार्ता कोस्त्यूकलाई पराजित  गर्दै चाैथाे चरणमा पुगेकी हुन्। 

ओशाकाले १८ वर्षकी कोस्त्यूकलाई ६–३ ६–७ (४–७) र ६–२ को सेटमा पराजित गरेकी हुन्।

२२ वर्षकी चौथो बरियताकी ओशाकाले १४ औँ बरियताकी आनेट कोन्ताभेइटसँग प्रतिस्पर्धा गर्ने छिन्।

प्रकाशित मिति: : 2020-09-05 07:30:13

प्रतिकृया दिनुहोस्